४ बैशाख २०८२, बिहिबार | Thu Apr 17 2025


संघीयता खारेजीको माग गर्दै राष्ट्रिय जनमोर्चाको प्रदर्शन


2.34k
Shares

काठमाडौं । संघीयता खारेजीको माग गर्दै राष्ट्रिय जनमोर्चाले प्रदर्शन गरेको छ ।

राष्ट्रिय जनमोर्चाले संघीयता धेरै खर्चिलो भएको बताउँदै संघीयता खारेजीको माग गर्दै काठमाडौं केन्द्रित प्रदर्शन गरेको हो ।

पार्टीले चैत्र २४ गतेदेखि ३० गतेसम्म आन्दोलनका कार्यक्रम गर्ने जनाएको थियो । प्रदुषणका कारण दुई दिन घटाएको पार्टीले बताएको छ । उनीहरुले गणतन्त्र र राष्ट्रियताको रक्षा गरौँ, संघीयता खारेज गरौँ, मजदुरका माग पूरा गर जस्ता व्यानर र प्लेकार्ड बोकेर काठमाडौंको माईतीघरमा प्रदर्शन गरेका हुन् ।