४ बैशाख २०८२, बिहिबार | Thu Apr 17 2025


कांग्रेस-एमालेको भागबण्डा नमिल्दा गभर्नर नियुक्ति भएन भन्नेकुरा सत्य होइन : सञ्चारमन्त्री गुरुङ


1.066k
Shares

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले नेपाल राष्ट्र बैंकले चाँडै नयाँ गभर्नर पाउने बताउनुभएको छ ।

मंगलबार मन्त्रिपरिषद्का बैठक सुनाउने क्रममा सञ्चारकर्मीहरुको जिज्ञासो जवाफ दिँदै सञ्चारमन्त्री गुरुङले छिटो भन्दा छिटो राष्ट्र बैंकले गभर्नर पाउने बताउनुभएको हो । उहाँले गभर्नर नियुक्तिका लागि समयमै हामीले गभर्नरको नियुक्तिका लागि सिफारिस गर्ने कमिटी उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा गठन भएको र कमिटीले काम पनि गरिरहेको बताउनुभयो ।

सञ्चारमन्त्री गुरुङले गभर्नरको नियुक्तिमा दुई वटा पार्टीको बीचमा भागबण्डा नमिलेर ढिलो भएको भन्नेकुरा सत्य नभएको बताउनुभयो । उहाँले डेपुटी गभर्नर निलम ढुंगानालाई सरकारले कार्यवाहक गभर्नर तोकिसकेकाले काम नरोकिने जिकिर गर्नुभयो । उहाँले नेपाललाई ग्रे लिस्टबाट माथि उठाउने कुरा गभर्नरको हातमा मात्रै नरहेको र सरकारले ग्रे लिस्टबाट माथि उठ्नका लागि काम गरिरहेको बताउनुभयो ।

मुलुकलाई ग्रे लिस्टबाट माथि उठाउने कुरामा सरकार लागिरहेको बताउनुभयो ।