
काठमाडौं । हिन्दू अधिराज्य पुनस्थापना, संघीयता खारेजी, प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री लगायतका मागहरु राखी आन्दोलन गर्दै आएको राष्ट्रिय प्रजातन्त्र पार्टीले जनआन्दोलन दिवसको अवसरमा आज राजधानीमा खबरदारी सभा आयोजना गरेको छ । यही चैत १५ गते तीनकुनेमा आयोजित प्रदर्शन हिंसात्मक बन्दा विभिन्न आशंका गरिएकोमा आजको राप्रपाको खबरदारी सभा भने निकै संयमित र सभ्य रह्यो ।
राजसंस्थाको समर्थनमा राप्रपाले मंगलबार बल्खुमा आयोजना गरेको जनसभामा राजसंस्थाको समर्थनमा गुन्जिएका गानाका तालमा ताल मिलाएका थिए । राप्रपाले जनआन्दोलन दिवसको अवसर पारी पुर्व घोषित कार्यक्रम अन्तर्गत आज बाग्मती प्रदेश स्तरीय खबरदारी सभा गरेको हो । जिल्ला जिल्लाबाट बाजागाजाका साथ आएका राप्रपा कार्यकर्ता तथा सर्वसाधारणले देशभक्ति र राजसंस्थाको समर्थनमा बिभिन्न खालकाा नारा लगाउँदै सभास्थलसम्म पुगेका थिए ।
राप्रपाले पुर्व घोषित कार्यक्रम अन्तर्गत आमसभाका लागि राजधानीको भृकुटी मण्डपलाई आयोजना स्थल बनाउन खोज्दा सरकारले भने सो स्थल उपलब्ध नगराई बल्खुमा सभा आयोजनाको अनुमति दिएकोमा सरकार डराएको राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाही बताउनुभयो ।
विभिन्न जिल्लाबाट आएका राजसंस्थाप्रति आस्था राख्नेहरुले हातहातमा पार्टी र राष्ट्रिय झण्डा बोकेर राजसंस्थाको समर्थनमा नारा त लगाउने नै भए साथसाथै आन्दोलनका क्रममा पक्राउ परेका नेताहरुको रिहाईका लागि पनि नारा लगाएका थिए ।
राजसंस्थाको पक्षमा यसअघि भएका प्रर्दशनहरुमा उभिएर सहभागिता जनाउने गरेका जो कोहीका लागि भने मंगलबारको सभामा भने बस्ने कुर्सीका व्यवस्था मिलाइएको थियो । राप्रपाले मंगलबारको आमसभाका लागि अन्य दलका कार्यकर्ताहरुलाइ पनि सहभागिता जनाउन अपील गरेकोमा आमसभामा भाग लिन पुगेकाहरुमा बृद्धबृद्धाहरुको संख्या पनि उल्लेख्य रहेको पाइयो ।
राप्रपाका शीर्ष नेताहरुले सम्बोधन गर्ने कार्यक्रम अन्तर्गत मन्च अगाडी सय भन्दा बढी स्वयमसेवकहरुले अराजक गतिबिधी हुन नदिन र सभालाई मर्यादित र सभ्य बनाउन सभास्थलमा बिहानै देखि तालमेल मिलाएका थिए । त्यसो त सभामा सहभागी केही समर्थकहरुले सरकार बिरुद्ध नाराबाजी नगरेका भने होइनन तर स्वयमसेवकहरुले कुनेै अप्रिय घटना नहोस भन्नका लागि संयमता अपनाएको देखियो । राजसंस्था पुर्नस्थापना नभएसम्म आन्दोलनमा होमिने निर्णय गरेका उनीहरुको भनाई छ ।
मंगलबारको सभामा नेपाल प्रहरी र सशस्त्र प्रहरीगरी ३ हजार बढी सुरक्षाकर्मी खटाइएको यस सभामा चैत्र १५ गते तिनकुनेमा भएको घटनाक्रमका कारण केही हच्किएका समर्थकहरुले निर्धक्कका साथ सहभागिता देखाउँदै राजसंस्थाको पक्षमा समर्थन जनाएका छन् ।
प्रतिक्रिया दिनुहोस्