
एजेन्सी । क्यारेबियन मुलुक डोमिनिकन रिपब्लिकको राजधानी सान्टो डोमिङ्गोमा रहेको एउटा नाइटक्लबको छत भत्किँदा कम्तिमा ७९ जनाको मृत्यु भएको छ । घटनामा १ सय ५० भन्दा बढी घाइते भएका छन् ।
मृतकहरुमा प्रान्तीय गभर्नर नेल्सी क्रुज, पूर्व मेजर लिग बेसबल खेलाडी अक्टाभियो डोटेललगायत छन् । ५१ वर्षीय डोटेललाई भग्नावशेषबाट निकालिएपछि अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको हो । घटना स्थानीय समयअनुसार मंगलबार बिहानको हो ।
जेट सेट नाइटक्लबमा लोकप्रिय गायक रुबी पेरेजको कन्सर्ट चलिरहँदा छत भत्किएको बताइएको छ । उनलाई भग्नावशेषबाट निकालेर उपचारका लागि पठाइएको छ । सयौं मानिसहरू कार्यक्रम स्थलभित्र रहेको समयमा दुर्घटना भएको हो ।
झण्डै ४ सय उद्धारकर्ताहरूले अझै पनि जीवितहरूको खोजी गरिरहेका छन् । मृतकको संख्या अझै बढ्ने संभावना छ ।
जेट सेट सान्टो डोमिङ्गोको एक लोकप्रिय नाइटक्लब हो जसले हरेक सोमबार साँझ नियमित रूपमा कन्सर्ट आयोजना गर्दछ । यो क्लब राजनीतिज्ञ, खेलाडी र अन्य सेलिब्रेटीहरुको आकर्षणको केन्द्र मानिन्थ्यो ।
प्रतिक्रिया दिनुहोस्