
काठमाडौं । नारायणगढ–बुटवल सडकअन्तर्गत दाउन्ने खण्डमा आजदेखि दैनिक चार घण्टा सवारी आवागमन बन्द हुने नारायणगढ–बुटवल सडक निर्माण आयोजनाले जनाएको छ ।
आयोजनाका अनुसार दाउन्ने खण्ड बुधबार (आज) बिहान ११.०० बजेदेखि अपराह्न ३.०० बजेसम्म बन्द हुनेछ । यो समय तालिका अनुसार नै आजदेखि चैत ३१ गतेसम्म सवारी आवागमन बन्द हुने भएको हो ।
वैशाख १ गतेदेखि भने राति ११.०० बजेदेखि बिहान ५.०० बजेसम्म सडकमा आवागमन बन्द हुने जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्