
काठमाडौं । पूर्वी तराईमा मेघ गर्जन र चट्याङसहित भारी वर्षा भएको छ । बुधवार बिहानदेखि नै पूर्वी तराईको झापा, मोरङलगायतका जिल्लामा भारी वर्षा भएको हो ।
नेपालमा वर्षा नहुँदा प्रदुषणको तह जोखिमपूर्ण छ । जसले आँखा पोल्ने, टाउको दुख्नेलगायतका समस्याहरु देखिइरहेका छन् ।
ठूलो पानी परेसँगै काठमाडौं उपत्यकालगायत प्रदुषण बढी भएका शहरहरुबाट प्रदुषण हट्ने बताइएको छ । तर काठमाडौं उपत्यकामा वर्षा नहुँदा केही दिन यता प्रदुषण उच्च भएको शहर विश्वकै पहिलो स्थानमा रहेको छ ।
काठमाडौंमा वर्षा हुन नसके पनि पूर्वी तराईमा भने मेघ गर्जन र चट्याङसहित वर्षा भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्