४ बैशाख २०८२, बिहिबार | Fri Apr 18 2025


अछाम आगलागी : २७ घर जले, सात करोड बढी क्षति


286
Shares

काठमाडौं । अछाममा आगलागी हुँदा २७ वटा घर जलेर नष्ट भएका छन् । अछामको बान्निगढी जयगढ गाउँपालिकास्थित जयगढ बजारमा मंगलबार राति भएको आगलागीमा २७ वटा घर जलेका हुन् । आगलागीबाट सात करोड रुपैयाँभन्दा बढी मूल्यको धनमाल नष्ट भएका छन् ।

पुष्पराज शर्माले सञ्चालन गरेको आइएमई केन्द्रको सिलिन्डर विस्फोट हुँदा पुरै बजारमा आगलागी भएको हो । आगलागीबाट जलेका २७ घरमध्ये ११ वटामा स्थानीय व्यापारीले पसल सञ्चालन गरेका थिए ।

आगलागीबाट सात करोड रुपैयाँभन्दा बढीको क्षति भएको अनुमान गरिएको अछाम प्रहरीले जनाएको छ । क्षतिको विवरण छिटै सङ्कलन गरिने जनाइएको छ ।