४ बैशाख २०८२, बिहिबार | Fri Apr 18 2025


सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिले बिहीबार पुरातत्व विभागको भ्रमण गर्ने


247
Shares

काठमाडौं । राष्ट्रिय सभाअन्तर्गको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिले बिहीबार पुरातत्व विभागको भ्रमण गर्ने भएको छ ।

बुधबार सिंहदरबारमा बसेको समिति बैठकमा समिति सचिव सञ्जय दाहालले बिहीबार समितिले पुरातत्व विभागको भ्रमण गर्ने जानकारी दिनुभयो । बिहीबार बिहान ११ बजे विभागको भ्रमण गर्ने र सम्पदा संरक्षणको विषय विभागका पदाधिकारीहरुसँग छलफल गरिने दाहालले जानकारी दिनुभयो ।

बैठकले समितिको वार्शिक कार्यतालिकाको समेत समिक्षा गरेको छ । समिक्षामा सहभागि सांसदहरुले समितिले गरेका निर्णय र उपसमितिका प्रतिवेदनहरु अभिलेखको रुपमा नराखिएको समिति सभापतिको ध्यानाकर्षण गराएका छन् ।