३० चैत्र २०८१, शनिबार | Sat Apr 12 2025


जर्मनीमा नयाँ सरकार गठनको सहमति


0
Shares

एजेन्सी । जर्मनीमा नयाँ सरकार गठनको सहमति जुटेको छ । हालै सम्पन्न निर्वाचनमा ठूलो दल बनेको कन्जर्भेटिभ पार्टी क्रिश्चियन डेमोक्रेट्सले सोसल डेमोक्रेट्ससँग गठबन्धन सरकार बनाउने सहमति जुटाएको हो ।

नयाँ सहमति अनुसार कन्जर्भेटिभ नेता फ्रेडरिच मर्ज जर्मनीको नयाँ चान्सलर बन्नुहुने छ । सरकार गठनको सहमति जुटेसँगै मर्जले जर्मनीको राजनीतिक अस्थिरता हटेको बताउनुभयो ।

यो सहमतिले जर्मन नागरिक र युरोपेली युनियनलाई जर्मनीमा जुनसकै समस्याको सामना गर्नसक्ने बलियो र सक्षम सरकार बन्ने सन्देश दिएको मर्जले बताउनुभयो ।

खासगरी अमेरिकासँग व्यापार युद्ध चर्किएका बेला युरोपकै ठूलो अर्थतन्त्र भएको मुलुक जर्मनीमा हुँदै गरेको सरकार परिवर्तनलाई चासोका साथ हेरिएको छ ।