
काठमाडौं । आज तीन वटा संसदीय समितिको बैठक बस्दैछ । जसअन्तर्गत बिहान १० बजे विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्दैछ । बैठकमा चालु आर्थिक वर्ष ०८१/०८२ को बजेटको खर्चको स्थिति र आगामी आ.व. ०८२/०८३ को बजेटको तयारी सम्बन्धमा छलफल हुनेछ ।
त्यस्तै बिहान ११ बजे पूर्वाधार विकास समितिको बैठक बस्दैछ । बैठकमा विद्युत विधेयक, २०८० माथि दफावार छलफल हुनेछ ।
त्यस्तै बिहान ११ बजे विधायन व्यवस्थापन समितिको बैठक बस्दैछ । बैठकमा पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ मा दफावार छलफल हुनेछ ।
प्रतिक्रिया दिनुहोस्