
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले महावीर जन्मजयन्तीका अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ ।
राष्ट्रपति पौडेलले जैन धर्मका प्रवर्तक महावीरको २६२४ औँ जन्मजयन्तीका अवसरमा सम्पूर्ण नेपाली जैन धर्मावलम्बीमा सुख, शान्ति र समृद्धिका शुभकामना व्यक्त गर्नुभएको हो ।
राष्ट्रपति पौडेलले शुभकामना सन्देशमा महावीरले अहिंसा र संयमको उत्कृष्ट साधना गर्नुका साथै जनकल्याणको लागि गरेको मार्गदर्शनको परिपालन गर्न सकेमा धार्मिक, सामाजिक तथा सांस्कृतिक विविधताबीच सहिष्णुता र सद्भाव कायम गर्दै राष्ट्रिय एकतालाई सुदृढ बनाउन सकिने विश्वास व्यक्त गर्नुभएको छ ।
उहाँले आपसी विश्वास, प्रेम र एकताको भावनालाई प्रगाढ बनाउँदै सभ्य र सुसंस्कृत समाज निर्माणका लागि अग्रसर हुन महावीर जयन्तीबाट सबैलाई प्रेरणा मिल्ने विश्वास व्यक्त गर्नुभएको छ ।
महावीर जन्मजयन्ती हरेक वर्षको चैत्र शुक्ल त्रयोदशीका दिन नेपाललगायत विश्वमा छरिएर बसेका जैन धर्मावलम्बीहरूले मनाउने गर्दछन् ।
प्रतिक्रिया दिनुहोस्