४ बैशाख २०८२, बिहिबार | Thu Apr 17 2025


डोटीमा पनि चट्याङ लागेर एक जनाको मृत्यु, सात जना घाइते


0
Shares

काठमाडौं । डोटीमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । चट्याङ लागेर सात जना घाइते भएका छन् । बुधवार राति डोटीको सायल गाउँपालिका ६ दल्लेखमा लहरी नागरीको घरमा चट्याङ परेको हो ।

चट्याङ लागेर नागरीकी ३३ वर्षीया श्रीमती कमला नागरीको मृत्यु भएको प्रहरीले जनाएको छ । चट्याङ लागेर मृतक कमलाका ४ जना छोरा छोरी र सोही ठाउँका अन्य तीन जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी उपरीक्षक विनोद शर्माका अनुसार नागरीकी १० वर्षीया छोरी तारा नागरी, ८ वर्षीय छोरा अविशेक नागरी, ६ वर्षीय छोरा अबि नागरी र ३ महिनाका छोरा शङ्कर नागरीसहित ४० वर्षीया महिला तारा नागरी, ८० वर्षीया काली दमाई र ६ वर्षीय बालक खुसी नागरी घाइते भएका छन् ।

घाइते सबैको जिल्ला अस्पताल डोटीमा उपचार भइरहेको जनाइएको छ ।