३० चैत्र २०८१, शनिबार | Sat Apr 12 2025


ट्रम्पले चीनबाहेक अन्यको आयातकर ९० दिन रोक्ने


2.626k
Shares

एजेन्सी । चीनले अमेरिकाले बढाएको आयात करका विरुद्धमा जवाफी कर बढाएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वका अन्य मुलुकमा घोषणा गरेको आयात कर ९० दिनका लागि रोक्ने निर्णय गर्नुभएको छ । तर चीन विरुद्ध भने आयात कर १ सय २५ प्रतिशत यथावत रहेको छ ।

यो निर्णयँगै जापान, दक्षिण कोरिया र अस्ट्रेलियाको एसियाली सेयरबजारहरुमा सुधार देखिएको छ भने ट्रम्पको घोषणा पछि अमेरिकी सेयर बजारमा समेत सुधार देखिएको छ ।

ट्रम्पले बढाएको आयातकरविरुद्ध चीनले लगातार जवाफ दिएपछि ट्रम्पले अन्य मुलुकका लागि घोषित आयात कर तत्काललाई ९० दिनका लागि रोक लगाउँदै चीनका विरुद्धमा १ सय २५ प्रतिशत पुर्‍याउने घोषणा गनुभएको हो ।

चीनको लगातार जवाफी आक्रमणपछि अन्य मुलुकले पनि सोही निति अंगिकार गरेमा अमेरिकी अर्थतन्त्र धरासायी हुने विज्ञले चेतावनी दिएपछि ट्रम्प अन्य मुलुकका लागि घोषित आयातकरबाट तत्काललाई पछि हटेको जनाएको छ । अबको व्यापार युद्ध विश्व अर्थतन्त्रका दुई महाशक्तिहरु चीन र अमेरिका बिच हुने देखिएको छ ।