३० चैत्र २०८१, शनिबार | Sat Apr 12 2025


अमेरिकासँग अप्रत्यक्ष वार्तामा मध्यस्थता गर्न ओमान प्रमुख उम्मेदवार हुनसक्छ : इरान


0
Shares

एजेन्सी । इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बगाईले इरान र संयुक्त राज्य अमेरिकाबीच कुनै अप्रत्यक्ष वार्ता शुरु भएको खण्डमा ओमान उनीहरूलाई मध्यस्थता गर्ने मुख्य उम्मेदवारहरूमध्ये एक हुने बताउनुभएको छ ।

प्रवक्ता बगाईले तेहरानमा साप्ताहिक पत्रकार सम्मेलनमा इरान र संयुक्त राज्य अमेरिका बीच पूर्वको आणविक कार्यक्रम र प्रक्रियामा तेस्रो पक्षको भुमिकाको बारेमा अप्रत्यक्ष वार्ताको सम्भावनाको बारेमा टिप्पणी गर्दै उक्त कुरा बताउनु भएको हो ।

उहाँले इरानको आणविक कार्यक्रममा वार्ताको प्रस्ताव गर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत महिना पठाएको पत्रमा तेहरानको प्रतिक्रियालाई उदार र जिम्मेवार तथा बुद्धिमानी निर्णयमा आधारित भनेर वर्णन गर्नुभएको बताउनुभयो ।

मुद्दाको इतिहास र विगत दशकमा इरान र अन्य पक्षहरू बीचको आणविक वार्तासँग सम्बन्धित प्रक्रियाहरूलाई ध्यानमा राखेर यो प्रतिक्रिया दिइएको उहाँले उल्लेख गर्नुभयो ।

प्रवक्ता बगाईले इरानले आणविक बम बनाउन खोजेको भन्ने केही देशहरूको दाबीलाई अस्वीकार गर्नुभयो ।- सिन्ह्वा/न्युज एजेन्सी नेपाल ।