
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आत्मनिर्भर अर्थतन्त्रदेखि समृद्धिसम्मको चर्चा गर्नुभएको छ ।
बिहीबार नेपाल उद्योग वाणिज्य महासंघको ५९ औं वार्षिक साधारण सभा एवं उद्योग वाणिज्य दिवसको अवसरमा प्रधानमन्त्री ओलीले मुलुकलाई आत्मनिर्भर बनाउँदै समृद्धिको ढोकासम्म पु¥याउन जरुरी रहेको बताउनुभएको हो ।
प्रधानमन्त्री ओलीले निजी क्षेत्रको लगानीलाई सरकारले सुरक्षण गर्ने बताउनुभयो । उद्योग, व्यवसायमा निजी क्षेत्रले गरेको लगानी राष्ट्रको सम्पतीमा गणना हुने भएकाले सरकारले निजी क्षेत्रको लगानीलाई सुरक्षण गर्ने बताउनुभयो । कृषि जीविकामुखी भनिएपनि अहिले अहिलेको कृषि प्रणालीबाट जिविका पनि नचलेको बताउँदै परम्परागत शैलीहरुमा फेरबदल आउनुपर्ने ओलीले बताउनुभयो ।
कानूनहरु मन्त्री र सचिवहरुलाई नभइ किसानलाई चाहिएको प्रधानमन्त्रीले बताउनुभयो । उहाँकाअनुसार उत्पादन बढाउने कानून आवश्यक छ । कृषि जीविकामुखी भनिएपनि अहिले अहिलेको कृषि प्रणालीबाट जीविका पनि नचलेको बताउनुभयो । पहिले एउटा परिवार उत्पादनको युनिट हुने गरेको बताउँदै ओलीले त्यो परिस्थीति नै समाप्त भएको बताउनुभयो । प्रधानमन्त्री ओलीकाअनुसार अब डिपार्टमेन्ट बढी चल्न थालेका छन् । सटरहरु चल्न छाडेका छन् ।
अब समूह र ठूला प्रयासहरुबाट मात्रै कृषिमा अघि बढ्न सकिने अवस्था आएको उहाँको भनाई छ । सहकारीमा जोडिएर ठूलो खेती, ठूलो उत्पादनमा जानैपर्ने र त्यसरी उत्पादन बढाएर मुलुकको परनिर्भर अर्थतन्त्रलाई आत्मनिर्भरतर्फ लैजान सकिने उहाँले बताउनुभयो ।
अहिलेका ढाँचा, शैलीहरु फेरिन जरुरी रहेको प्रधानमन्त्री ओलीले बताउनुभयो । उहाँकाअनुसार कानूनका ढाँचादेखि व्यवहारसम्मै परिवर्तन गर्न जरुरी छ । सरकारी प्रयासहरु समेत परिवर्तन गरेर जानुपर्छ । नेपाल उद्योग वाणिज्य महासंघले नेपाल विकास कम्पनी लिमिटेड शुरुआत गरेकोमा प्रधानमन्त्रीले प्रशंसा समेत गर्नुभयो ।
प्रधानमन्त्री ओलीकाअनुसार नयाँ-नयाँ उद्योगहरु स्थापना गरेर आयातलाई घटाउन र अर्थतन्त्रलाई आत्मनिर्भरतातर्फ लैजानुपर्छ । स्वभाविक रुपमा ठूलो मात्रमा उत्पादन हुनसक्यो भने निर्यात वृद्धि हुने, निर्यात बढ्न थालेपछि प्रतिष्पर्धी क्षमता बढ्न थाल्ने नेपालीले राष्ट्रिय गौरव, स्वाभिमान गर्न पाउने अवस्था बन्ने प्रधानमन्त्री ओलीको बुझाइ रहेको छ ।
प्रधानमन्त्री ओलीकाअनुसार बिहान उठ्ने बित्तिकै नेपालमै बनेको दन्तमञ्जन लगाउने, नेपाली साबुनले हात धुने, नेपाली साबुन, स्याम्फुले नुहाएर सफा बन्ने वातावरण बन्नुपर्छ ।
प्रधानमन्त्री ओलीले कृषि प्रविधिमा सबैभन्दा धेरै ध्यान दिन जरुरी रहेको बताउनुभयो । कृषिमा आत्मनिर्भर हुन नसक्ने देशलाई गन्तव्य मुलुकमा कुनै असहज स्थिति पैदा भए कुनैपनि बेला भोकै मर्नुपर्ने अवस्था आउने प्रधानमन्त्री ओलीले बताउनुभयो । उहाँकाअनुसार नेपालजस्तो सबै सम्भावना भएको देशमा त्यस्तो स्थिति निम्ताउन हुँदैन । शुद्ध, अर्गानिक, पौष्टिक, सन्तुलित आहार हरेकले पाउने ग्यारेन्टी भए पहिलो समृद्धी त्यही रहने बताउनुभयो । त्यसपछि आधारभुत आवश्यकताको परिपूर्ति गर्न गाह्रो नहुने र त्यसबाट बचत हुने स्थितिमा मुलुकलाई पु¥याउन जरुरी रहेको प्रधानमन्त्री ओलीको भनाई छ ।
प्रधानमन्त्री ओलीकाअनुसार समाजको सानो हिस्सा मात्रै वचतको स्थीतिमा छ । बाँकी ऋणात्मक स्थितिमा, आफ्नो वचतले घर नचल्ने स्थीतिमा रहेकाले देश समृद्धि कसरी हुन्छ भन्दै उहाँले प्रश्न गर्नुभयो । हरेक नागरिकलाई वचतको स्थितिमा पु¥यायो भने मात्रै देश स्वतः समृद्ध हुने उहाँको भनाई छ । उहाँकाअनुसार खेतीमा पनि बढि आम्दानी दिनेतर्फ सिफ्ट हुन जरुरी छ ।
प्रधनमन्त्री ओलीले एकद्वार प्रणालीलाई कडाइकासाथ पालना गर्न र गराउन सरकार प्रतिवद्ध रहेको बताउनुभयो । अघिल्लो पटक प्रधानमन्त्री हुँदा डिजिटल नेपालको अवधारणा आफूले ल्याएको बताउँदै ओलीले अहिले सरकारले त्यसलाई कार्यान्वयनमा लगेको बताउनुभयो । उहाँकाअनुसार नागरिक एपहरुलाई सरकारले प्रभावकारी रुपमा कार्यान्वयन गर्नेछ ।
प्रतिक्रिया दिनुहोस्