३० चैत्र २०८१, शनिबार | Sat Apr 12 2025


न्युयोर्कमा हेलिकोप्टर दुर्घटना, ६ को मृत्यु


1.222k
Shares

एजेन्सी । स्पेनिस पर्यटक बोकेको हेलिकोप्टर अमेरिकाको न्युयोर्कस्थित हड्सन नदीमा दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ ।

दुर्घटनाको समयमा हेलिकोप्टरमा तीन बालबालिका र तीन वयस्क सवार थिए । पाँच जना यात्रु स्पेनिस थिए भने एक जना पाइलट अमेरिकी नागरिक थिए ।

न्युयोर्क प्रहरी आयुक्त जेसिका टिस्चले परिवारलाई सूचित नगरेसम्म पीडितहरूको पहिचान खुलाउन नमिल्ने बताउनुभयो । दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको छ । सामाजिक सञ्जालमा पोस्ट गरिएको भिडियो फुटेजमा हेलिकप्टर आकाशबाट उल्टो खसेको र हड्सन नदीमा बजारिएको देखिन्छ ।

चार जना यात्रुहरूलाई घटनास्थलमै मृत घोषित गरिएको थियो भने अन्य दुई जनालाई अस्पतालमा मृत घोषित गरिएको अधिकारीहरूले बताएका छन् । हेलिकप्टर दुर्घटनाग्रस्त भएको स्थान हड्सन नदीको पश्चिम तर्फ पर्दछ ।