५ बैशाख २०८२, शुक्रबार | Fri Apr 18 2025


तीन संसदीय समितिको बैठक बस्दै


260
Shares

काठमाडौं । आज तीन वटा संसदीय समितिको बैठक बस्दैछ ।

जसअन्तर्गत बिहान ११ बजे कानून, न्याय तथा मानव अधिकार समितिको बैठक बस्दैछ । बैठकमा चैत्र १५ गते काठमाडौंको तीनकुनेमा भएको राजावादीहरुको प्रदर्शनमा भएका मानव अधिकार उल्लंघनका विषयहरुमाथि गृहमन्त्रीसँग छलफल हुनेछ । बैठकमा गृहमन्त्री रमेश लेखकले जवाफ दिने जवाफ कार्यसूची छ ।

त्यस्तै दिउँसो १ बजे विधायन व्यवस्थापन समितिको बैठक बस्दैछ । बैठकमा पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ मा दफावार छलफल हनेछ ।

त्यस्तै बिहान ११ बजे सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दैछ । बैठकमा सार्वजनिक खरिद अनुगमन कार्यालयका पदाधिकारीहरुसँग छलफल हुनेछ ।