४ बैशाख २०८२, बिहिबार | Thu Apr 17 2025

तेस्रो अन्तर्राष्ट्रिय यातायात सम्मेलन


403
Shares

काठमाडौं । आजदेखि तेस्रो अन्तर्राष्ट्रिय यातायात सम्मेलन शुरु हुँदैछ । काठमाडौंको एक होटलमा सम्मेलन शुरु हुन लागेको हो । सम्मेलन चैत्र ३१ गतेसम्म सञ्चालन हुनेछ ।

सम्मेलन सोसाइटी अफ ट्रान्सपोर्ट इन्जिनियर्स नेपालको आयोजना, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र शहरी विकास मन्त्रालयको सहआयोजना रहेको छ ।

सोसाइटी अफ ट्रान्सपोर्ट इन्जिनियर्स नेपालका अध्यक्ष डा.हरेराम श्रेष्ठले यातायात सुरक्षालाई प्राथमिकतामा राख्दै दिगो र सुरक्षित यातायातको नीति निर्माण तर्जुमाको पक्षपोषण गर्नु सम्मेलनको उद्देश्य रहेको बताइएको छ ।