
काठमाडौं । व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले पक्राउ गरेर काठमाडौं ल्याउने तयारी गरेको छ ।
केन्द्रीय प्रहरी विशेष ब्युरोबाट खटिएको टोलीले व्यवसायी प्रसाईंलाई झापाको चन्द्रगढी विमानस्थल हुँदै काठमाडौं ल्याउन लागेको हो ।
प्रसाईंलाई शुक्रबार काठमाडौं ल्याइ सार्वजनिक गरिने बताइएको छ । प्रहरीले प्रसाईंलाई पक्राउ गरी झापाको चन्द्रगढी विमानस्थलमा पुर्याएको छ ।
गत चैत्र १५ गते काठमाडौंको तीनकुनेमा भएको राजावादीहरुको आन्दोलनको क्रममा प्रसाईंले निषेधित क्षेत्र तोडेर गाडी चलाएका थिए । आन्दोलनको क्रममा दुई जनाको ज्यान समेत गएको थियो । त्यसपछि प्रसाईं फरार रहेका थिए ।
प्रतिक्रिया दिनुहोस्