३० चैत्र २०८१, शनिबार | Sat Apr 12 2025


नेपाल डेरी एसोसिएसनले राष्ट्रिय मोही दिवस मनाउने घोषणा


39
Shares

काठमाडौं । नेपाल डेरी एसोसिएसनले हरेक वर्ष चैत २८ गते राष्ट्रिय मोही दिवसको रूपमा मनाउने घोषणा गरेको छ ।

‘नियमित मोही सेवनः स्वस्थ र फूर्तिलो जीवन’ भन्ने नाराका साथ एसोसिएसनले काठमाडौँमा एक कार्यक्रम गरि शुभारम्भ गर्दै अब हरेक वर्षको चैत २८ लाई मोही दिवसको रूपमा मनाउने घोषणा गरेको हो ।

परम्परागत पेय पदार्थ ‘मोही’लाई राष्ट्रिय पहिचानको रूपमा स्थापित गर्दै स्वदेशी उत्पादनको प्रवद्र्धन गर्ने उद्देश्यले मोही दिवस घोषणा गरिएको नेपाल डेरी एसोसिएसनका अध्यक्ष पल्लाद दाहालले बताउभयो । कार्यक्रममा कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव राजेन्द्र मिश्रले डेरी एसोसिएसनले सञ्चालन गरेको मोही अभियानले सार्थकता पाउँदै गएको उल्लेख गर्दै यो अभियान अब देशव्यापी रूपमा फैलिने विश्वास व्यक्त गर्नभयो ।

कार्यक्रममा दुग्ध विकास संस्थानका महाप्रबन्धक पशुपति ढुंगानाले हाल उत्पादित दूधको पूर्ण खपत हुन नसकेको अवस्थामा मोहीजस्तै अन्य दुग्ध उत्पादनलाई विकल्पका रूपमा विकास गर्न सकिने बताउँदै भविष्यमा संस्थानले यसतर्फ ध्यान केन्द्रीत गर्ने बताउनुभयो ।

राष्ट्रिय दुग्ध विकास बोर्डका कार्यकारी निर्देशक डा. राजेन्द्र प्रसाद यादवले मोहीको स्वास्थ्य लाभको बारेमा आफ्ना विचार व्यक्त गर्दै यसले डेरी क्षेत्रका समस्याहरूको समाधानमा समेत महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो ।

नेपाल डेरी एसोसिएसनले लामो समयदेखि मोही, लस्सी, दही, आइसक्रिम जस्ता परम्परागत दुग्धजन्य पेय पदार्थको प्रवद्र्धनमा अग्रसर हुँदै आएको छ ।