५ बैशाख २०८२, शुक्रबार | Fri Apr 18 2025


दुर्गा प्रसाईंलाई काठमाडौं ल्याइयो (तस्बिरहरु)


2.327k
Shares

काठमाडौं । तीनकुनेको हिंसात्मक घटनापछि फरार भएका राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक दुर्गा प्रसाईंलाई भारतबाट नियन्त्रणमा लिएर शुक्रबार काठमाडौं ल्याइएको छ ।

उनलाई आसामको गुवाहाटीबाट झापा हुँदै विमानमार्फत् काठमाडौं ल्याइएको हो । उनलाई काठमाडौं जिल्ला प्रहरी परिसरमा ल्याइएको छ । जिल्ला प्रहरी कार्यालय झापाको हिरासतमा बिहान केहीबेर राखेर प्रसाईंलाई चन्द्रगढी विमानस्थल पु¥याइएको थियो ।

काठमाडौंको तीनकुनेमा चैत १५ गते भएको हिंसात्मक घटनापछि भागेर भारत गएका प्रसाईं आसामबाट पक्राउ परेका थिए । त्यहाँबाट उनलाई आज बिहान झापा ल्याइएको थियो ।

विमान चढ्ने क्रममा उनले आफैं पक्राउ परेको भनेका छन् । प्रहरी नियन्त्रणकै क्रममा सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै प्रसाईंले आफू नआत्तिएको पनि बताएका छन् । उनले आफूलाई प्रहरीले पक्राउ गरेको नभई आफैँ गिरफ्तारी दिएको दाबी गरेपनि प्रहरीले भने प्रसाईंलाई झापाको भद्रपुरबाट पक्राउ गरिएको दाबी गरेको छ ।

प्रसाईंलाई आजै अदालत उपस्थित गराइ अनुसन्धानका लागि म्याद थप्ने तयारी छ । त्यसका लागि प्रहरीको एक टोलीले कागजात तयार पार्दैछ ।