५ बैशाख २०८२, शुक्रबार | Fri Apr 18 2025


चोभार सुख्खा बन्दरगाहा कन्टेरनरहरु आउने क्रम बढ्यो


598
Shares

काठमाडौं । चोभार सुख्खा बन्दरगाह कन्टेरनरहरु आउनेक्रम बढ्दै गएको छ ।

जाँचपास प्रयोजनका लागि सरकारले ‘ट्रान्जिट मोडुल’ विधि प्रयोग गरेपछि तातोपानी र रसुवा नाकाबाट भित्रिएका कन्टेनरहरु जाँचपासका लागि चोभारमा आउने क्रम बढेको हो ।

चोभार सुख्खा बन्दरगाहा भन्सार कार्यालय प्रमुख बाइट उषा पोखरेलले तातोपानी, रसुवा नाकाबाट आउने मालवस्तुहरु चोभार सुख्खा बन्दरगाहामा पहिला भन्दा धेरै कन्टेनरहरु जाँचपास परिक्षणका लागि आउन थालेको बताउनुभयो । उहाँकाअनुसार गोदामको समेत प्रशस्त व्यवस्था भएकाले व्यवसायीहरुको रोजगाईमा चोभार परेको हुनसक्छ । भन्सार कार्यालयलले छिटो छरितो जाँचपास गर्ने गरेको बताउनुभयो ।

यो आर्थिक वर्षका लागि तोकिएको राजश्वका लक्ष्यहरु हासिल हुनेछन् । जाँचपासका लागि कन्टेनरहरु बढ्दै जाँदा राजश्व संकलनमा वृद्धि हुनेछ । व्यवसायीको दृष्टिकोणबाट हेर्दा जाँचपास गर्दा समान ल्याएर गोदाममा थन्काएर आफ्नो अनुकलता अनुसार जाँचपास गराउन सक्नुहुन्छ । गोदामहरुको उचित व्यवस्था भएका कारणले पनि उहाँहरुलाई पनि सहज हुनेछ ।

शुक्रबार मात्रै डाइरेक्ट बाइ नामक कम्पनीले चोभारमा भन्सार जाँचपासका लागि कन्टेनरहरु ल्याएको थियो । कम्पनीका अध्यक्ष सुशिल थापाले तातोपानी, रसुवागढीमा गोदाम स्पेस कम भएका कारणले पनि चोभार रोज्नु परेको बताउनुभयो । उहाँकाअनुसार ती भन्सारमा क्लीयरिङमा समेत ढिलाइ हुनेगरेको छ । त्यसको कारण रसुवागढी, तातोपानीमा म्यानपावरको समेत कमी हुनु हो ।

उहाँले काठमाडौं जाँचपासका लागि ल्याउँदा सहज भएको र जाँचपास छिटो हुँदा आफ्नो व्यापारमा समेत राम्रो गर्नसक्ने भएकाले जाँचपासका लागि काठमाडौं चोभार भन्सार कार्यालयमा ल्याइएको बताउनुभयो ।