५ बैशाख २०८२, शुक्रबार | Fri Apr 18 2025


नेपाल-भारतबीच राजनीतिक रुपमा पनि राम्रो सम्बन्ध छ : उपप्रधानमन्त्री सिंह


234
Shares

काठमाडौं । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले नेपाल-भारतबीच राजनीतिक रुपमा पनि राम्रो सम्बन्ध रहेको बताउनुभएको छ ।

शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उपप्रधानमन्त्री सिंहले नेपाल र भारतबीच सांस्कृतिक मात्र नभइ राजनीतिक रुपमा पनि गहिरो सम्बन्ध रहेको बताउनुभएको हो ।

नेपाली कांग्रेसका संस्थापक नेताहरु, विपी कोईराला, कृष्णप्रसाद भट्टराईदेखि गणेशमान सिंहले नेपालको प्रजातान्त्रिक मुभमेण्टमा पनि भारतमै गएर बस्नुपरेकाले नेपाल र भारतबीचको राजनीतिक सम्बन्ध महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले धार्मिक, सांस्कृतिक पक्षबाट नेपाल र भारतबीचको सम्बन्ध झनै प्रगाढ बनेको बताउनुभयो ।

उपप्रधानमन्त्री सिंहले नेपाल र भारतमा सबैभन्दा हिन्दु धर्मावलम्वीहरु भएकाले पनि सम्बन्ध बिस्तार भएको र बुद्ध धर्मका कारण पनि नेपाल र भारतबीचको सम्बन्ध उचाईमा पुगेको उल्लेख गर्नुभयो ।

उपप्रधानमन्त्री सिंहले नेपाल र भारत बीचको सम्बन्ध बिस्तारका लागि बनारसले शिक्षाको क्षेत्रमा पनि महत्वपूर्ण भुमिका खेलेको बताउनुभयो । राजनीतिक रुपमा पनि नेताहरु प्रजातान्त्रिक आन्दोलन लगायतमा भारतमा बस्ने गरेको बताउनुभयो ।