
काठमाडौं । नेपाली कांग्रेसका सांसद जीवन परियारले तीनकुनेमा भएको हिंसात्मक घटनाबारे सोधपुछ गर्न पूर्वराजा ज्ञानेन्द्र शाहलाई संसदीय समितिमा बोलाउन प्रस्ताव गर्नुभएको छ ।
शुक्रबार सिंहदरबारमा बसेको कानून, न्याय तथा मानव अधिकार समितको बैठकमा बोल्दै सांसद परियारले यस्तो प्रस्ताव राख्नुभएको हो ।
पूर्वराजा शाहलाई समितिमा बोलाएर तीनकुनेमा भएको हिंसात्मक घटनामा संलग्नता भएरनभएकोबारे सोध्नुपर्ने उहाँको भनाइ छ । उहाँले गत फागुन २५ गते पूर्वराजा शाह पोखराबाट फर्किने क्रममा नागरिकले गरेको स्वागत समेत आवश्यक नरहेको उहाँको टिप्पणी छ । उहाँले तीनकुने घटनाबारे पूर्वराजा शाहलाई ‘तपाई एउटा नागरिकको हैसियतले यस्तो घटना गर्न पाउनुहुन्छ ?’ भन्दै प्रश्न गर्नुपर्ने बताउनुभयो ।
सांसद परियारले मुलुकमा कुनैपनि प्रकारको अमानवीय र अराजकता मच्चाउने छुट कसैलाई पनि नभएको भन्दै सरकारको ध्यानाकर्षण गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्