
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ध्रुवबहादुर प्रधानले तीनकुने भएको हिंसात्मक घटनाको सम्पूर्ण जिम्मा सरकारले लिनुपर्ने बताउनुभएको छ ।
शुक्रबार प्रतिनिधि सभाको कानून, न्याय, तथा मानव अधिकार समितिको बैठकमा बोल्दै सांसद प्रधानले यस्तो बताउनुभएको हो ।
सांसद प्रधानले तीनकुनेको घटना सरकारले नियोजित रुपमा गराएको आरोप समेत लगाउनुभयो । उहाँले प्रधानमन्त्री केपी शर्मा ओलीले युवा संघलाई उक्साएर घटना गराएको आरोप लगाउनुभयो । उहाँले सरकार आफैंले नियोजित रुपमा घटना घटाएर पार्टीका नेताहरुमाथि झुटो मुद्दा लगाउने काम गरिएको टिप्पणी गर्नुभयो ।
देशमा अशान्ती निम्त्याउनको लागि सरकार लागि परेको समेत सांसद प्रधानको आरोप छ ।
प्रतिक्रिया दिनुहोस्