
काठमाडौं । सर्वोच्च अदालतमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेशविरुद्ध रिट दायर भएको छ ।
अधिवक्ता नारायण कँडेलले लामिछानेका तर्फबाट सर्वोच्च्मा बन्दी प्रत्यक्षीकरणको रिट दर्ता गर्नुभएको हो ।
गत शुक्रबार उच्च अदालत तुलसिपुरको बुटवल ईजलासले रुपन्देही जिल्ला अदालतको आदेशलाई उल्टाउँदै पुर्पक्षको लागि थुनामा पठाउन आदेश गरेको थियो । माघ ६ गते सुप्रिम बचत तथा ऋण सहकारी ठगी प्रकरणमा रुपन्देही जिल्ला अदालतले ६० लाख धरौटीमा रिहा हुने आदेश गरेकोे थियो ।
लामिछानेले उक्त आदेशविरुद्ध उच्च अदालतमा पुनरावेदन गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्