५ बैशाख २०८२, शुक्रबार | Fri Apr 18 2025


आफ्नो मात्र हित हेरेर समस्या समाधान हुँदैन : प्रधानमन्त्री ओली


1.3k
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आन्दोलनरत शिक्षकहरुले आफ्नो मात्र हित हेरेर समस्याको समाधान नहुने बताउनुभएको छ ।

शुक्रबार नेकपा (एमाले)ले बुटवलमा गरेको सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले शिक्षकहरु भावनामा बगेको उल्लेख गर्दै यसले समाधान नदिने बताउनुभएको हो । आफ्नो मात्र हित हेरेर नभई देशको आर्थिक अवस्था र राष्ट्रको क्षमता हेर्न महत्वपूर्ण रहेको उहाँको भनाइ छ । उहाँले रोकिएको शिक्षा ऐनलाई उपयुक्त ढंगबाट ल्याइने बताउनुभयो । उहाँले सरकार शिक्षकका समस्या समाधान गर्न चाहिरहेकोले शिक्षकहरुले समेत आफ्नो बाध्यता बुझिदिनुपर्ने बताउनुभयो ।

मुलुकमा विद्यमान समस्याको समाधान गर्नकै लागि वर्तमान सरकार गठन भएको प्रधानमन्त्री ओलीको दाबी छ । उहाँले एक जना कर्मचारी निकाल्दा राजनीतिक दलहरुले रुवाबासी गरेको टिप्पणी गर्नुभयो ।