३० चैत्र २०८१, शनिबार | Sat Apr 12 2025


कोशी, बागमती र गण्डकी प्रदेशमा हल्कादेखि मध्यम वर्षा


0
Shares

काठमाडौं । कोशी, बागमती र गण्डकी प्रदेशको केही स्थानमा अहिले हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पहाडी भूभागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भूभागमा मुख्यतया सफादेखि आंशिक बदलीको अवस्था छ ।

सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशलगायत देशको पहाडी भूभागका थोरै स्थानमा तथा बाँकी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

देशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।