
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भारतको उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले दिल्लीमा आएर आफू नेपालमा राजतन्त्रको पक्षमा नरहेको कुरा गर्नुभएको भन्ने भनाइको खण्डन गर्नुभएको छ ।
शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा आफूले यसअघिको कार्यक्रममा गलत सूचनाका कारण उत्तरप्रदेशका मुख्यमन्त्री दिल्लीस्थित नेपाली दुतावासमा आएर आफू नेपालमा राजतन्त्रको पक्षमा नरहेको कुरा बताउनुभएको भनेको भन्दै उक्त भनाइको खण्डन गर्नुभएको हो ।
केही दिनअघि एक सार्वजनिक कार्यक्रममा सभापति देउवाले उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथ दिल्लीस्थित नेपाली दुतावास गएर आफू नेपालमा राजतन्त्रको पक्षमा नरहेको बताउनुभएको थियो । सोही भनाइप्रति सभापति देउवाले मुख्यमन्त्री आदित्यनाथ दुतावास नआउनुभएको र भारतका लागि नेपाली राजदुत शंकरप्रसाद शर्माले मुख्यमन्त्रीलाई भेट्दा सो कुरा बताउनुभएको उल्लेख गर्नुभयो ।
सभापति देउवाले सरकारको नाममा धरै ठूलो बद्नामी भइरहेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्