३० चैत्र २०८१, शनिबार | Sat Apr 12 2025


कांग्रेस बाहेक अन्य राजनीतिक दलहरुको अर्थनीति छैन : स्वास्थ्यमन्त्री पौडेल


403
Shares

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले नेपाली कांग्रेस बाहेक अन्य राजनीतिक दलहरुको अर्थनीति नरहेको बताउनुभएको छ ।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै स्वास्थ्यमन्त्री पौडेलले आजको नेपालको अर्थतन्त्रको उदारीकरण नेपाली कांग्रेसले गरेको दाबी गर्नुभयो । उहाँले नेपाली काँग्रेसबाहेक नेपालमा अरु राजनीतिक दलहरुले मेरो अर्थनीति यो हो भनेर भन्न नसकेको जिकिर गर्नुभयो ।

स्वास्थ्यमन्त्री पौडेलले कांग्रेसको अर्थनीतिमै अरु राजनीतिक दलहरु हिँडिरहेको बताउनुभयो । उहाँले सामाजिक उत्तरदायित्व अन्तर्गत नेपालमा धेरै कामहरु भएको बताउनुभयो । उहाँले अन्तर्राष्ट्रिय रुपमा अरुले गर्न नसकेको उपलब्धिहरु पनि नेपालले गरेको बताउनुभयो ।

स्वास्थ्यमन्त्री पौडेलले चालु खर्च घटाउन जरुरी रहेको र मितव्ययिता अपनाउन जरुरी रहेको बताउनुभयो । २७५ को संसदको संख्या घटाएर २०१ मा झार्नुपर्ने आवश्यकता रहेको बताउनुभयो । प्रदेश सभाको सांसद संख्या आधा घटाउनुपर्ने प्रश्ताव गर्नुभयो । पालिकाको संख्या घटाएर वडाको संख्या बढाउनुपर्ने बताउनुभयो । संघीय मन्त्रीमण्डल २५ जनाबाट १५ जनमा झार्नुपर्ने बताउनुभयो । प्रदेशको मन्त्रीमण्डल तीन सदस्यीय बनाउनुपर्ने बताउनुभयो । राजनीतिक संरचना घटाइसकेपछि प्रशासनिक संरचना पनि घटाउन सकिने बताउनुभयो ।

स्वास्थ्यमन्त्री पौडेलले शहीदहरुले रगत बगाएर ल्याएको गणतन्त्रमाथि प्रश्न गर्ने स्थिति नरहेको जिकिर गर्नुभयो ।