
काठमाडौं । पूर्वप्रधानन्यायाधीश शुशिला कार्कीले मान्छेले आफ्नो जीवनमा देखे, भोगेका विविध आयामहरुलाई भाषा र शिलशिला मिलाएर लेख्नु नै साहित्य भएको बताउनुभएको छ ।
शनिबार काठमाडौंमा आयोजित साहित्यकार गोपाल पाण्डेको पुस्तक विमोचन कार्यक्रममा पूर्वप्रधानन्यायाधीश कार्कीले पुस्तक लेख्दा भाषागत रुपमा पठनीय हुनुपर्ने बताउनुभयो । उहाँले आमनेपालीको जीवनयापनका क्रममा भोगेका अनुभवको संगालोमा साहित्यक पुस्तकहरु लेख्न सकिने बताउनुभयो ।
पूर्वप्रधानन्यायाधीश कार्कीले पाण्डे परिवार साहित्य लेखनमा मात्रै नभइ देशलाई माथि उकास्ने खान्दानी परिवारको रुपमा चिनिएको बताउनुभयो । उहाँले गाउँ सेवा नै देशको सेवा भनेर पुस्तकमार्फत लेखक पाण्डेले प्रश्तुत गर्नुभएको बताउनुभयो ।
पूर्वप्रधानन्यायाधीश कार्कीले अन्तरआत्मामा छुने भावनात्मक विचारले भरिपूर्ण पाण्डेको लेखन प्रशंसनीय भएको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्