३० चैत्र २०८१, शनिबार | Sat Apr 12 2025


लिखित इतिहासले संस्कार र रितिरिवाज जीवन्त राख्छ : उपप्रधानमन्त्री सिंह


234
Shares

काठमाडौं । उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले लिखित इतिहासले संस्कार र रितिरिवाज जीवन्त राख्ने बताउनुभएको छ ।

शनिबार ललितपुरमा आयोजित श्रीनृसिंह महात्म्य एवं स्मारिका २०८१ विमोचन तथा सम्मान कार्यक्रममा उपप्रधानमन्त्री सिंहले पुर्खा दिएको असल अभ्यास तथा संस्कार नयाँ पिढीलाई हस्तान्तरण गर्न पुस्तकले महत्वपूर्ण योगदान पु¥याउने बताउनुभयो । असल रितिरिवाज तथा संस्कृति जोगाउन नयाँ पुस्ता अगाडि आउनुपर्ने उहाँको भनाइ छ ।

उपप्रधानमन्त्री सिंहले विभिन्न संस्कार, संस्कृति तथा पुर्खाको असल आचरणका बारेमा लेखिएका पुस्तकले नयाँ पुस्तालाई आकर्षित गर्ने बताउनुभयो । उहालेँ पुस्तक अध्ययन गरेर पुर्खाको नासोको संरक्षण तथा निरन्तरता दिन सकिने बताउनुभयो ।

उपप्रधानमन्त्री सिंहले धर्म संस्कृति जोगाउन र अगाडि बढाउन सबैको योगदान हुनुपर्ने बताउनुभयो ।