३० चैत्र २०८१, शनिबार | Sat Apr 12 2025


आयोगको पदाधिकारी संक्रमणकालीन न्यायको मर्म बुझेको व्यक्ति होस् : प्रदीप ज्ञवाली


0
Shares

काठमाडौं । नेकपा एमाले उपमहासचिव प्रदीप ज्ञवालीले संक्रमणकालीन न्यायको मर्म बुझेको व्यक्तिहरुलाई बेपत्ता पारिएका व्यक्तिहरुको छानविन तथा सत्य निरुपण तथा बेपत्तासँग सम्बन्धित आयोगको पदाधिकारी नियुक्त गर्नुपर्ने बताउनुभएको छ ।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उपमहासचिव ज्ञवालीले आयोगको पदाधिकारीमा जो आएपनि संक्रमणकालीन न्यायको मर्म बुझेको र टुंग्याउने प्रतिवद्धता भएको व्यक्ति आवश्यक रहेको बताउनुभयो । उहाँले यसअघि गठन भएको आयोगले पनि संक्रमणकालीन न्याय नटुंग्याउँदा जनतामा विश्वास गुमेको भन्दै अब बन्ने आयोग विश्वास आर्जन गर्नसक्ने हुनुपर्ने बताउनुभयो ।

उपमहासचिव ज्ञवालीले सबैले जिम्मेवारीबोधका साथ योगदान गर्नसके संक्रमणकालीन न्याय टुंगो लगाउन सकिने बताउनुभयो । उहाँले संक्रमणकालीन न्यायसँग सम्बन्धित रहेर यसअघि नै ६३ हजार निवेदन दर्ता भइसकेको र २५ सय धेरै बेपत्ताका निवेदनहरु रहेको बताउनुभयो । यौनजन्य दुव्र्यवहार, बलात्कार लगायतका निवेदनहरु अझै आउने क्रम रहेको बताउनुभयो । त्यसलाई समाधान गर्न र सत्य स्थापित गर्नेकुरामा अघि बढ्नुपर्ने बताउनुभयो ।

उपमहासचिव ज्ञवालीले संक्रमणकालीन न्याय टुंग्याउन धेरै कुरा गर्न बाँकी रहेको बताउनुभयो ।