
एजेन्सी । अमेरिका र इरानबिच पहिलो चरणको आणविक वार्ता ओमानमा सम्पन्न भएको छ । अरब मुलुक ओमानको मस्कटमा शनिबार भएको वार्तालाई दुवै देशले रचनात्मक भनेका छन् ।
तेहरानको आणविक कार्यक्रमलाई लिएर दुई देशबिच सन् २०१८ पछि पहिलो पटक उच्चस्तरीय बैठक भएको हो । दोस्रो चरणको छलफल अर्को हप्ता हुने बताइएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले २०१८ मा इरान र विश्व शक्तिहरूबीचको अघिल्लो आणविक सम्झौताबाट अमेरिकालाई बाहिर निकालेपछि अन्यौलता बढेको थियो । यसपटक ट्रम्प आफैंले वार्ताको प्रस्ताव गरेका हुन् ।
साढे दुई घण्टा चलेको पहिलो बैठक तुलनात्मक रुपमा छोटो भएपनि यसले दोस्रो चरणको वार्ताको पृष्ठभूमि तयार पारेको छ । वार्ता टोलीको नेतृत्व अमेरिकाको लागि ट्रम्पका मध्यपूर्व हेर्ने विशेष दुत स्टिभ विट्कफ र इरानका विदेशमन्त्री अब्बास अराघ्चीले गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्