
काठमाडौं । भोजपुरमा ट्रयाक्टर दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ ।
भोजपुर नगरपालिका–५ बोखिमबाट गोबर मल लिएर गइरहेको प्रदेश १–०२–००३ त ११२४ नम्बरको ट्रयाक्टर सेतीबगरमा शनिबार राति दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा भोजपुर–५ का वडा सदस्य ५२ वर्षीय निरप्रसाद फुयाँल र सोही ठाउँका ५५ वर्षीय भक्तबहादुर थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
ट्रयाक्टर चालकलाई नियन्त्रणमा लिएर घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्