
काठमाडौं । हङकङमा जारी चारदेशीय टी–ट्वेन्टी क्रिकेट श्रृंंखलाको उपाधिका लागि आज नेपालले कुवेतसँग खेल्दै छ । हङकङको मङ कोकस्थित मिसन रोड ग्राउन्डमा बिहान सवा ११ बजे फाइनल खेल शुरु हुनेछ ।
हङकङ, कुवेत, कतार र नेपाल सम्मिलित श्रृंखलामा नेपाल अपराजित रहँदै फाइनलमा पुगेको हो । लिग चरणमा नेपालले कतारलाई ८ विकेटले र कुवेतलाई ६ विकेटले पराजित गरेको थियो ।
शनिबार हङकङविरूद्धको खेल भने वर्षाका कारण रद्द भएपछि नेपाल शीर्षस्थानमा हुँदै फाइनल पुगेको हो ।
प्रतिक्रिया दिनुहोस्