१ बैशाख २०८२, सोमबार | Mon Apr 14 2025


फुटबल खेलाडी प्रीति राई सम्मानित


741
Shares

सोलुखुम्बु । राष्ट्रिय महिला फुटबल खेलाडी प्रीति राई सम्मानित हुनुभएको छ । सिर्जनशील युवा समाज थुलुङ दूधकोशी गाउँपालिका, सोलुखुम्बुको काठमाडौं सम्पर्क समितिको आयोजनामा राईलाई ५५ हजार ५५५ रुपियाँ नगदसहित सम्मान गरिएको हो ।

सोलुखुम्बुमा जन्मेर राष्ट्रिय महिला फुटबल टीमको उत्कृष्ट खेलाडीका रुपमा परिचित राईलाई सोलुखुम्बुको गौरवका रुपमा सम्मान गरिएको समाजका अध्यक्ष योग्यप्रसाद राईले जानकारी दिनुभयो ।

शनिवार नेपाल सरकारका रक्षा मन्त्री मानवीर राई, कोशी प्रदेससभा सदस्य गोम्बु शेर्पा र थुलुङदूधकोशी गाउँपालिकाका अध्यक्ष असिम राईले संयुक्त रुपमा सम्मान गर्नुभएको हो । सम्मानपछि खेलाडी राईले खेल क्षेत्रबाट देशलाई चिनाउन लागिपर्ने बताउनुभयो ।