
काठमाडौं । नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले अहिलेको संविधान सबैलाई मिलाउन सक्ने र पूर्ण समानुपातिक आधारमा बनेको बताउनुभएको छ ।
आइतबार नेपाल मुस्लिम संघको इद मिलन तथा नयाँ वर्षको शुभकामना आदानप्रदान कार्यक्रममा देउवाले यस्तो बताउनुभएको हो ।
सभापति देउवाले समावेशी संविधानकै कारण राज्यका हरेक निकायमा सबैलाई समेट्न सकिएको बताउनुभयो । उहाँले सबैलाई मिलाएर अघि बढ्ने संविधान भएका कारण कुनैपनि पार्टीको बहुमत आउन भने गाह्रो रहेको बताउनुभयो ।
उहाँले काँग्रेसमा मुस्लिम समुदायबाट राम्रो प्रतिनिधित्व रहेको बताउनुभयो । काँग्रेसको विधान समावेशी समानुपातिक रहेको समेत उहाँको दाबी थियो ।.
प्रतिक्रिया दिनुहोस्