२ बैशाख २०८२, मंगलबार | Tue Apr 15 2025


नयाँ वर्षमा काठमाडौंसहित देशभर चहलपहल बढ्दो


273
Shares

काठमाडौं । नयाँ वर्षको पहिलो दिन सोमबार मुलुकको राजधानी काठमाडौं लगायत विभिन्न स्थानमा उत्सवमय वातावरण देखिएको छ ।

सोमबार सार्वजनिक बिदासमेत परेकाले आज सर्वसाधारण धार्मिक तथा पर्यटकीयस्थलमा घुमफिर गर्ने, रमाइलो गर्ने, मीठामीठा परिकार खाने, इष्टमित्र भेटेर रमाइरहेका छन् ।

काठमाडौंको रानी पोखरी, रत्न पार्क लगायतका ठाउँहरुमा आन्तरिक तथा बाह्य प्रर्यटकको चहलपहल बढेको छ । नेपाली पात्रोअनुसार हरेक वैशाख १ गते प्रारम्भ हुने नयाँ वर्षलाई नेपाली संस्कृतिमा विशेष दिनका रूपमा लिइन्छ । वसन्त ऋतुको मौसम घुमफिरका लागि प्रतिकुल भएकाले आन्तरिक पर्यटनमा टेवा मिलेको छ ।

उता मिथिलाको प्राचीन राजधानी तथा मधेस प्रदेशको राजधानीसमेत रहेको जनकपुरधाममा समेत दर्शनार्थीको भीड छ ।