२ बैशाख २०८२, मंगलबार | Tue Apr 15 2025


तनहुँको कामीडाँडामा चितुवाको आक्रमण बढ्दै


0
Shares

काठमाडौं । तनहुँको बन्दीपुर गाउँपालिका– २ कामीडाँडामा चितुवाको आक्रमणबाट बालिकाको मृत्यु भएपछि चितुवा नियन्त्रणका लागि बाख्रा खोर राखिएको छ ।

डिभिजन वन कार्यालय तनहुँले यस क्षेत्रको जङ्गलमा बाख्रासहितको खोर राखेको हो ।

चितुवाको आक्रमणपश्चात् स्थानीयवासी त्रसित भएकाले चितुवा नियन्त्रणमा लिन अपरिहार्य भएको वडाध्यक्ष तिलकबहादुर कुँवरले बताउनुभयो ।

चितुवाको आक्रमणपश्चात् स्थानीयवासी त्रसित छन् । कामीडाँडा वरपरका गाउँबस्तीमा चितुवा पटकपटक देखिन थालेको छ । यसैगरि साँझ र रातको समयमा सावधानी अपनाउन अपिल गरिएको छ ।.