२ बैशाख २०८२, मंगलबार | Tue Apr 15 2025


आगामी दिनमा आइपियुमा हैसियतका साथ नेपाल उपस्थित हुनेछ : सभामुख घिमिरे


1.482k
Shares

काठमाडौं । सभामुख देवराज घिमिरेले आगामी दिनमा नेपालले अन्तर व्यवस्थापिका संघ (आइपियु)मा हैसियतका साथ जानसक्ने उपलब्धि प्राप्त भएको बताउनुभएको छ ।

मंगलबार सिंहदरबारमा आयोजित अन्तरव्यवस्थापिका संघ (आईपीयु) को १५० औं महासभाबाट नेतृत्व लिनुभएका डा. अञ्जान शाक्य र सोविता गौतमको स्वागत, सम्मान तथा संसदीय मामिला पत्रकारसँगको अनुभव आदानप्रदान कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।

यो उपलब्धिलाई सम्मान गर्दै आगामी दिनमा नोपालले आफ्नो महत्वपूर्ण भुमिका खेल्नुपर्ने बताउनुभयो । गत वर्षको चैत्र २० गते सभामुख घिमिरेसहितको ९ सदस्यीय टोली अन्तर व्यवस्थापिका संघको १५० औं वार्षिक सभामा भाग लिन उज्वेकिस्तान गएको थियो । उहाँले अन्तर्राष्ट्रिय महत्वपूर्ण फोरमको कार्यकारी काम गर्ने ठाउँमा नेपाल पुगेको बताउनुभयो । उहाँले एशिया प्यासिफिकको भएपनि त्यसको भुमिका धेरै महत्वपूर्ण हुने ठाउँमा नेपाल पुगेको दाबी गर्नुभयो ।

सभामुख घिमिरेले यो उपलब्धिलाई नेपालले भरपुर उपयोग गर्नसक्नुपर्ने र आफ्नो नाम विश्वमाझ चिनाउन सक्नुपर्ने उल्लेख गर्नुभयो ।