१४ बैशाख २०८२, आइतबार | Sun Apr 27 2025

अर्थतन्त्र चलायमान बनाउन सरकार गहन रुपमा काम गर्दैछ : पर्यटनमन्त्री पाण्डे


611
Shares

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले देशको अर्थतन्त्र चलायमान बनाउन सरकारले गहन रुपमा काम गरिरहेको बताउनुभएको छ ।

मंगलबार ललितकला मेला २०८२ को उद्घाटन गर्दै मन्त्री पाण्डेले यस्तो बताउनुभएको हो ।

मन्त्री पाण्डेले सबै कुरामा निराश भएर मात्रै नहुने भन्दै अघि बढ्दै जाँदा प्रदर्शनका लागि भव्य प्रदर्शन स्थलहरु बन्ने बताउनुभयो । उहाँले भौतिक रुपमा पनि संरचनाहरुलाई दर्विलो गरी निर्माण गर्ने प्रतिवद्धता जनाउनुभयो । उहाँले देशको अर्थतन्त्र अफ्ठ्यारो स्थितिमा रहेको उल्लेख गर्दै देशको अर्थतन्त्र चलायमान बनाउनुपर्ने जिम्मेवारी रहेको जिकिर गर्नुभयो । उहाँले अर्थतन्त्र चलायमान बनाएसँगै भौतिक संरचना र हाम्रा नविन कार्यक्रम दिनुपर्ने उत्तरदायित्व रहेको बताउनुभयो ।

मन्त्री पाण्डेले साहित्य, संगीत र कला मानव जातिको विशिष्टता भएको उल्लेख गर्नुभयो । उहाँले साहित्य, संगीत र कलाको महत्व बुझेर अघि बढ्न जरुरी रहेको बताउनुभयो । उहाँले साहित्य, संगीत र कलाले आफ्नो भित्रको अन्तरचेतनालाई जगाउने बताउनुभयो । मन्त्री पाण्डेले समाजलाई जगाउने कुरा कलाकारिता भएको बताउनुभयो । समाजलाई सही बाटोमा डो¥याउन कलाकारिताको भुमिका महत्वपूर्ण हुने बताउनुभयो ।