२ बैशाख २०८२, मंगलबार | Tue Apr 15 2025


जिब्रो छेड्ने जात्रा सम्पन्न


299
Shares

काठमाडौं । बिस्का जात्रा अन्तर्गत मंगलबार भक्तपुरको बोडेमा जिब्रो छेड्ने जात्रा सम्पन्न भएको छ ।

यस वर्ष पनि सुजन बाग श्रेष्ठले जिब्रो छेडाएर जात्रालाई निरन्तरता दिनुभयो । प्रत्येक वर्ष वैशाख २ गते भक्तपुरमा जिब्रो छेड्ने जात्रा मनाइन्छ ।

लिखित इतिहास नभए पनि जिब्रो छेड्ने परम्परा प्राचिन कालदेखि चल्दै आएको मानिन्छ । जिब्रो छेड्ने व्यक्तिले तीन दिन अघिदेखि केही नखाई व्रत बस्नुपर्ने नियम छ । त्यसो नगरेमा जिब्रो छेड्दा दुख्ने, रगत आउने र बिघ्नबाधा आउने जनविश्वास छ ।