८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


द्वन्द्वकालमा भएका अमानवीय र जघन्य अपराधलाई माफी दिन सकिँदैन : प्रधानमन्त्री ओली


2.6k
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले द्वन्द्वका समयमा भएका जघन्य अपराधका घटनालाई माफी दिन नसकिने बताउनुभएको छ ।

बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री ओलीले द्वन्द्वको समय भएका अमानवीय तथा चरम आतना जस्ता जघन्य अपराधका घटनामा संलग्नमाथि छुट दिन नमिल्ने बताउनुभयो । उहाँले माफी दिन सकिने घटनाहरुलाई मेलमिलापको बाटोबाट अन्त्य गरिने बताउनुभयो ।

प्रधानमन्त्री ओलीले सत्य निरुपण तथा मेलमिलाप आयोगले द्वन्द्व पीडितलाई न्याय दिलाउन सरकारले काम गरिरहेको बताउनुभयो । उहाँले अहिले द्वन्द्वको अन्त्य र पीडितलाई न्याय दिने समय भएकाले कसैले पनि अन्यायमा पर्न नपर्ने बताउनुभयो । पीडितलाई परिपूरणको माध्यमबाट सरकारले न्याय दिने उहाँको भनाइ छ ।

प्रधानमन्त्री ओलीले द्वन्द्व पीडितहरुको न्यायका लागि वर्तमान सरकार र सरकारमा रहेका नेपाली कांग्रेस र नेकपा एमाले लागिपरेको बताउनुभयो । द्वन्द्व पीडितको न्यायका लागि सबै दलहरुको साथ रहेको उहाँको भनाइ छ ।