
काठमाडौं । नेपाल प्रहरीका ६ जना डीआईजीलाई एआईजीमा बढुवा गर्न सिफारिस गरिएको छ ।
बढुवा समितिको बिहीबार बसेको बैठकले चन्द्र खापुङ, लालमणी आचार्य, कृष्णहरी शर्मा पोखरेल, दानबहादुर कार्की, राजन अधिकारी र डा. मनोज कुमार केसीलाई बढुवाका लागि सिफारिस गरेको हो ।
खापुङ, आचार्य र पोखरेल आईजीपी दीपक थापाकै ब्याची हुन् भने उनीहरु २०८० वैशाख ६ मा डीआईजी भएका थिए । कार्की, अधिकारी र केसी २०५४ चैत १८ मा प्रहरी निरीक्षकबाट प्रहरीमा प्रवेश गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्