६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


निजामति सेवा ऐन बनाउने कुरा राजनीतिक विषय होइन : रक्षामन्त्री राई


1.066k
Shares

काठमाडौं । रक्षामन्त्री मानवीर राईले नेपाल धेरै पछि परेको कुरा सबैलाई अनुभुति भएको बताउनुभएको छ ।

शुक्रबारको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै रक्षामन्त्री राईले अहिलेसम्म निजामति कर्मचारी सेवा ऐन, विद्यालय शिक्षा ऐन पारित हुन नसक्नुले यो अवस्थालाई चित्रित गरेको उल्लेख गर्नुभयो । उहाँले विधेयकमा केरै कुराहरु मिलिसकेको र विमति रहेका बाँकी कुरामा पनि सहमति जुट्ने विश्वास व्यक्त गर्नुभयो ।

रक्षामन्त्री राईले निजामति सेवा ऐन बनाउने कुरा राजनीतिक विषय नभइ सबैको साझा विषय भएको बताउनुभयो । उहाँले सरकारले समस्याहरु फुकाउँदै छिटो ऐनहरु पारित होस् भन्ने चाहेको बताउनुभयो ।

मन्त्री राईले निजामति सेवा ऐन अन्तिम चरणमा पुगेकोमा खुशी व्यक्त गर्नुभयो ।