६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


कानूनहरु चाँडै पारित गर्नेगरी काम भइरहेको छ : मन्त्री चौरसिया


598
Shares

काठमाडौं । कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले कानूनहरु चाँडै पारित गर्नेगरी काम अगाडी बढेको बताउनुभएको छ ।

शुक्रबार सिंहदरबारमा बसेको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा मन्त्री चौरसियाले आगामी दिनमा सम्बन्धित मन्त्रालयको मात्रै विषय समेटेर कानून संशोधनको प्रयास गर्ने बताउनुभएको हो ।

मन्त्री चौरसियाले सांसद सोविता गौतमले उठाएको विषयमा जवाफ दिँदै आगामी दिनहरूमा सम्बन्धित मन्त्रालयलाई मात्रै समेटेर कानूनहरू ल्याउने बताउनुभयो । उहाँले केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकमा धेरै संशोधनहरू रहेको कारणले गर्दा धेरै समय लागेको बताउँदै आगामी दिनमा छिटो पारित हुनेगरी कानूनहरू ल्याउने जिकिर गर्नुभयो ।

मन्त्री चौरसियाले अहिलेको सरकारको कारण नेपाल ग्रे लिस्टमा प¥यो भनेर भाष्य बनाइएको भन्दै आपत्ति जनाउनुभयो ।