
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार फेरबदलको हल्लाको पछि लाग्नुपर्ने आवश्यकता नभएको बताउनुभएको छ ।
शुक्रबार चितवनको इच्छा कामना गाउँपालिकाको प्रशासकीय भवनलाई उद्घाटन गर्दै उहाँले ढुक्कका साथ विकास निर्माणको काममा जुट्न आग्रह गर्नुभएको हो ।
प्रधानमन्त्री ओलीले आफूहरूले नै देशको विकास र देशलाई सुशासनयुक्त बनाउने दाबी गर्दै नेपाललाई समृद्ध देश र सबै नेपालीलाई खुशी बनाउने बताउनुभयो । उहाँले आफूहरूको गन्तव्य नै समृद्ध नेपाल र सुखी नेपाली बनाउने रहेको बताउँदै यसले धेरै कुरा ओगट्ने समेत जिकिर गर्नुभयो ।
प्रधानमन्त्री ओलीले वर्तमान सरकार स्थिर रहेको र यसले स्थायित्व दिएको बताउनुभयो । उहाँले संयुक्त प्रयासबाट स्थिरता र स्थायित्व दिन तथा विकास गर्न पुराना इतिहास बोकेका पार्टी नेपाली कांग्रेस र नेकपा एमाले एक भएको दाबी गर्नुभयो ।
प्रधानमन्त्री ओलीले देशमा सुशासन ल्याउन र विकास गर्न जरुरी रहेकाले आफूहरू एक भएको समेत जिकिर गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्