
काठमाडौं । सञ्चारिका समूह नेपालको नवौँ महाधिवेशनबाट अध्यक्ष पदमा कमला पन्थी विजयी हुनुभएको छ ।
नयाँ कार्यसमितिको उपाध्यक्षमा बसन्ती बास्तोला, महासचिव (सर्वसम्मत) राधा खनाल, सचिव उर्वशी बस्न्यात, कोषाध्यक्ष साजना तामाङ विजयी हुनुभएको हो ।
त्यस्तै, सदस्यहरू कल्पना शर्मा, विष्णु पन्थी, देवी सापकोटा, अजबी पौडेल, कालिका शिवाकोटी, सम्झना वन, तारा चापागाईं र दीपा रेग्मी विजयी हुनुभएको हो ।
प्रतिक्रिया दिनुहोस्