६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


‘शिक्षा र स्वास्थ्य क्षेत्र जनतासामु प्रदेश सरकारको उपस्थिति देखाउने माध्यम’


234
Shares

काठमाडौं । बागमती प्रदेशसभा सदस्य रामकृष्ण चित्रकारले शिक्षा र स्वास्थ्य क्षेत्र जनतासामु प्रदेश सरकारको उपस्थिति देखाउने माध्यम भएको बताउनुभएको छ ।

नेपाल औषधि व्यवसायी संघ ललितपुर शाखाको चौथो तथा पाँचौँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले सङ्घीय सरकारले प्रदेश सरकारलाई आवश्यक कानून बनाएर नदिँदा जनतासामु प्रदेश सरकारको उपस्थिति कमजोर देखिएको बताउनुभयो । उहाँले सङ्घ सरकारले ऐन नबाएसम्म प्रदेशहरूले ऐन बनाएर कार्यान्वयन गर्न अवस्था नरहेको समेत स्पष्ट पार्नुभयो ।

प्रदेश सभा सदस्य चित्रकारले विभिन्न पेशा देखिएका समस्याहरूलाई समाधान गर्नको लागि प्रभावकारी ढङ्गले काम गर्नुपर्ने बताउनुभयो । उहाँले एकले अर्कोलाई आलोचना गरेर भन्दा समन्वय गरेर समस्याको पहिचान गरी समाधानमा लाग्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा औषधि व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकालले औषधिको लागत मूल्य घटाउनको लागि लागि परेको बताउनुभयो । उहाँले कुनै कुनै औषधिमा खुद्रा विक्रेताले एक सय १५० प्रतिशतसम्म मार्क अप लिएको बताउँदै यो उचित नभएको जिकिर गर्नुभयो ।

महानिर्देशक ढकालले सुधारात्मक कुरामा सहयोग आवश्यक भएको भन्दै यो व्यक्तिको नभई सबैको फाइदाको लागि कुरा उठाइएको बताउनुभयो ।